काठमान्डौ। आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय अनुसार नेपाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९१ अर्ब ६७ करोड खुद बीमा शुल्क आर्जन गरेका छन् ।
१९ जीवन बीमा कम्पनी मध्य नेपाल लाईफ इन्स्योरेन्सले सर्वाधिक २७ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । नेपाल लाईफले आर्थिक वर्ष ७६/७७ मा सम्पूर्ण जीवन बीमा कम्पनीहरुले गरेको खुद बीमा शुल्क आर्जनको २९ दशमलव ८३ प्रतिशत हिस्सा लिन सफल भएको छ।
दोश्रोमा एलआईसी नेपालको बजार हिस्सा १६ दशमलव १९ प्रतिशत रहेको छ । एलआईसी नेपालले १४ अर्ब ८४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
तेश्रोमा नेशनल लाईफको बजार हिस्सा ९ दशमवल ९४ प्रतिशत रहेको छ । नेशनल लाईफले ९ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
नयाँ जीवन बीमा कम्पनी युनियन लाईफले पनि आक्रामक व्यापार गर्दै आफ्नो बजार हिस्सा ४ दशमलव ९१ प्रतिशत पुगाउन सफल भएको छ । युनियन लाईफले ४ अर्ब ५० करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
आर्थिक वर्ष ७६/७७ मा सबै भन्दा थोरै बजार हिस्स्सा सानिमा लाईफको रहेको छ। सानिमा लाईफको बजार हिस्सा शुन्य दशमलव ९० प्रतिशत रहेको छ।