काठमाडौं । आजदेखि आईपिओ जारी गरेको रिलायन्स लाईफ इन्स्योरेन्सको शेयरमा उत्साहप्रद आवेदन परेको छ । सर्वसाधारणको लागि कूल ५६ लाख ७० हजार कित्ता शेयर आईपिओ खुल्ला गरेकोमा पहिलो दिन अपरान्ह ४ः३० बजेसम्म २७ लाख ३० हजार १३० कित्ताको लागि आवेदन परेको हो ।
मेरो शेयरको सर्भरमा समस्या आएको कारण आज धेरै मानिसले शेयर भर्न नसक्दा थोरै मात्रै आवेदन परेको छ । आजै राति र भोलिसम्ममा आवेदन ह्वात्तै बृद्धि हुने विश्वास गरिएको छ । । सानिमा क्यापिटलका अनुसार आज ५५ हजार २८४ जना आवेदकले सो परिमाणको शेयर माग गर्दै आवेदन भरेका हुन् ।
रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओमा आज २७ करोड ३० लाख १३ हजार रुपैयाँको आवेदन परेको हो । कूल ५६ करोड ७० लाख रुपैयाँको आवेदन माग गरेकोमा सो मात्रामा आवेदन आजै परेको हो ।