काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा १० करोड ९३ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ७४ दशमलव २४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस कम्पनीले ६ करोड २७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विधुत् बिक्रीबाट हुने आम्दानी पनि १९ करोड १९ लाख रुपैयाँबाट बढाएर २३ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ भने रिजर्भ कोषमा भने ३ करोड ६१ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ९७ पैसा (वार्षिक) बाट बढेर १५ रुपैयाँ ६३ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा रहेको छ ।