Connect IPS
IME Life

एटिएम रित्तो नहुने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलिदेखि राजधानी उपत्यकामा जारी गरिएको निषेधाज्ञाको समयमा बैंकको एटिएमहरु रित्तो नहुने गरी व्यवस्था गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले आज निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएममा प्रशस्त नगद राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैंकहरूलाई एटीएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानीको व्यवस्थामा समेत ध्यान दिन आग्रह गरेको हो । राष्ट्र बैंकले निषेधाज्ञा जारी भएको अवस्थामा स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न गराउन पनि बैंकहरुलाई आग्रह हो ।

Prabhu
Crest

साथै, राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकका अनुुसार बैंकहरुले अत्यावश्यक आपूर्ति सुनिश्चितता गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ ।

त्यस्तै राष्ट्र बैंकले बैंकहरुको खुल्ने शाखाको विवरण र सम्र्पक नम्बर र आफ्नो वेबसाइटमा अध्यावधिक गर्नुका साथै बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी वैकल्पिक शाखाको विवरण टाँस्न समेत निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS