काठमाडौं । समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
उक्त कम्पनीले हकप्रद विक्रीको अनुमति माग्दै गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।
हाल फाइनान्सको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात् कम्पनीको पुँजी ५४ करोड ५९ लाख रुपैयाँ पुग्नेछ