Connect IPS
IME Life

आईएमई लाईफको सिईओ बन्दै कवि फुयाँल, सिटिजन लाईफबाट राजिनामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ती गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

आईएमई लाईफमा जान लागेका फुयाँलले सिटिजन लाईफबाट राजिनामा दिएका छन् । राजिनामा दिएसँगै कम्पनीले आफ्नो वेभसाईटबाट फुयाँलको नाम, फोटो हिजोदेखि हटाएको छ । स्रोतले हिजो उनको राजिनामा स्वीकृत भएको जनाए पनि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले भने राजिनामा पेश भएको जनाउँदै स्वीकृत हुन केही समय लाग्ने बताएको छ । बजारमा केही अघि देखि नै हल्ला चलेपनि सिटिजन लाईफमा दैनिक काममै थिए ।

Prabhu
Crest

आइएमई लाईफमा नयाँ सिईओ नियुक्ती हुन लागेको सम्बन्धमा बीमा समिति जानकार रहेको जनाए पनि औपचारिक रुपमा पत्र आईनसकेको उच्च अधिकारीले जानकारी दिए । बीमा कम्पनीमा सिईओ नियुक्तीका लागि बीमा समितिबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ । बीमा समितिमा पेश भएको २१ दिनसम्म अध्ययन, जाँचबुझ गरेपछि योग्यता पुगेका व्यक्तिलाई सिईओ नियुक्ती गर्न सञ्चालक समितिलाई अनुमति दिएपछि मात्रै प्रक्रिया औपचारिक रुपमा सिईओ नियुक्त गर्ने बाटो खुल्नेछ । आईएमई लाईफमा नयाँ सिईओ नियुक्तीको लागि अझै केही समय लाग्ने छ ।

आईएमई लाईफबाट सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएर ज्योति विकास बैंकमा गएपछि सिईओ पद रिक्त थियो । फुयाँल बजारमा प्रभाव पार्न सक्ने दक्षतायुद्ध व्यक्ति मानिन्छन् । जीवन बीमा क्षेत्रमा लामो समय काम गरेका फुयाँलले आईएमई लाईफको बजार हिस्सा बढाउने विश्वास गरेर कम्पनीले सिईओ नियुक्त गर्न लागेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS