Connect IPS
IME Life

भाद्र ४ गते देखि आउने समाज लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज लघुवित्तले प्रति साधारण शेयर रु १०० अंकित दरका ८६,००० कित्ता मध्ये १,००० कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत  शेयर कर्मचारीहरुलाई र ४,३०० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ८०,७०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको छ ।

Prabhu
Crest

आवेदन दिने समय :
आईपीओ भाद्र ४ गते देखि भाद्र ८ गते सम्म खुल्ने छ । भाद्र ८ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि भाद्र ८ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र १८ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ५,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस कम्पनीको रजिष्टर्ड कार्यालय सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. १०, सर्लाहीमा रहेको छ ।

कम्पनीको ईतिहास :
समाज लघुवित्त वित्तीय संस्था २०७४/०१/२० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस वित्तीय संस्थाले मिति २०७५/०१/०२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५/०१/२० गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ गरेको यस वित्तीय संस्थाको कार्य क्षेत्र सर्लाही, महोत्तरी र धनुषा जिल्ला रहेका छन् । यस वित्तीय संस्थाका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, ईन्जिनियरिङ्ग, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहनु भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७६/११/२७ पत्रअनुसार आ.व. २०७५/७६ सम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा संगठित संस्था अद्यावधिक रहेको छ ।

कम्पनीको शाखा संजाल :
यस वित्तीय संस्थाको कारोवार स्थान ३ जिल्ला सर्लाही, महोत्तरी र धनुषा जिल्ला भरि हुनेछ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिई यस वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र भित्रमा शाखा, उपशाखा वा अन्य कार्यालय खोली वित्तीय कारोवार गर्न सक्नेछ ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : ४ करोड
जारी पुँजी : २ करोड
चुक्ता पुँजी : १ करोड १४ लाख ( आईपीओ अघि )
चुक्ता पुँजी : २ करोड ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पुँजी १ करोड १४ लाख रहेको र ८६ लाख बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २ करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ५७ प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ४३ प्रतिशत हुने छ।

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा दिलिप कुमार धौभडेल छन् । त्यस्तै संचालक समिति सदस्यमा हरि नारायण महतो, महेश कुमार पूर्वे, सरोज कुमार महतो, विनय राज पौड्याल रहेका छन्।

व्यवस्थापक :
लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा किशोरी महतो छन् ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ६८ पैसा ऋणात्मक छ भने किताबी मूल्य ६७ दशमलव १४ रुपैयाँ छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी २३ रुपैयाँ र किताबी मूल्य १०२ रुपैयाँ ३६ पैसा हुन्छ। आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी २२ रुपैयाँ २३ पैसा र किताबी मूल्य १२४ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी २२ रुपैयाँ ८३ पैसा र किताबी मूल्य १४७ रुपैयाँ ४१ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी २ करोड हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

क्रेडिट रेटिङ्ग
यस लघुवित्त वित्तीय संस्थालाई कियर रेटिङ्ग नेपाल लिमिटेडले “CARE-NP B+ (Is) [Single B Plus (Issuer)] ” रेटिङ्ग प्रदान गरेको छ।

कति कित्ता आवेदन दिँदा ठीक ?
धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ८० हजार ७०० कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ८ हजार ७० जनाले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । विगतको तथ्यांक हेर्दा लघुवित्तको आईपीओमा निकै धेरै आवेदन पर्ने गरेकोमा न्युनतम दश कित्तामा आवेदन दिंदा ठीक हुने देखिन्छ।

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS