Connect IPS
IME Life

कोरोना महामारीका बीच राष्ट्रिय बीमा संस्थानको प्रगति, जीवन बीमा कोषमा छ अर्ब थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संगठित संस्थानले कोरोना महामारीका बीचमा जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा सबै सूचांकमा सुधार ल्याए पनि अन्य कम्पनीको तुलनामा मुनाफा बृद्धि गर्न भने सकेको छैन । गत असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क ११.१८ प्रतिशतले बृद्धि गरी सात अर्ब छ करोड ४२ लाख २५ हजार ६० रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष संस्थानको खुद बीमा शुल्क आर्जन छ अर्ब ३५ करोड ३८ लाख ५५ हजार ५४७ रुपैयाँ थियो ।

Prabhu
Crest


गत आवमा राष्ट्रिय बीमा संस्थान थप बलियो बनेको देखिएको छ । संस्थानको जीवन बीमा कोषमा समीक्षा अवधीमा मात्रै करिब छ अर्ब रुपैयाँ थप भएको छ । संस्थानले जीवन बीमा कोष २८.५४ प्रतिशतले बृद्धि गर्दै २६ अर्ब ५४ करोड ३९ लाख २२ हजार २८ रुपैयाँ संचित गर्न सफल भएको छ । अघिल्लो वर्षको अन्त्यसम्ममा संस्थानको जीवन बीमा कोषमा २० अर्ब ६४ करोड ८७ लाख ९२ हजार ९७४ रुपैयाँ संचित थियो ।
त्यस्तै, संस्थानको व्यवस्थापन खर्च खासै बृद्धि भएको छैन । अघिल्लो वर्ष २० करोड दुई लाख ७१ हजार २३७ रुपैयाँ खर्च गरेको संस्थानले गत आवमा २० करोड ६४ लाख ९० हजार २०२ रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधीमा संस्थानको भुक्तानी दिन बाँकी दावी भुक्तानी समेत घटेको छ । अघिल्लो वर्ष १९ करोड १५ लाख ८९ हजार २८१ रुपैयाँ दावी भुक्तानी बाँकी रहेको संस्थानको गत आवमा १७ करोड ९१ लाख ८१ हजार ५९४ रुपैयाँ मात्रै दावी भुक्तानी बाँकी छ ।

संस्थानको कारोबारको अनुपातमा मुनाफा भने धेरै छैन । गत आवमा संस्थानले पाँच करोड ९० लाख ६५ हजार ३० रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा पाँच करोड ७० लाख २३ हजार ७४ रुपैयाँ थियो । संस्थानको मुनाफामा समेत बृद्धि भएको छ । चुक्ता पुँजि १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको संस्थान कम्पनी ऐन अन्तर्गत संस्थागत निकाय नभई स्वायत्त रुपमा बीमा संस्थान ऐन अन्तर्गत संगठित संस्था हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS