Connect IPS
IME Life

पुनर्कर्जाको लागि राष्ट्र बैंकले बैंकहरुसँग माग्यो आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि प्रस्ताव माग गरेको छ ।सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।

राष्ट्र बैंकले पुनकर्जा कार्यविधि २०७७ ’ मा भएको व्यवस्था अनुसार एकमुष्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको हो ।

Prabhu
Crest

जसमा बैंक तथा वित्तीय संस्थाहरुले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार यस्तो पुनर्कर्जा कोरोनाबाट अति प्रभावित, मध्य प्रभावित क्षेत्रका लागि उपलब्ध गराइनेछ ।बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ ।

प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने छ । पुनर्कर्जाको ब्याजदर कम्तिमा ३५ र बढीमा ५५ हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS