Connect IPS
IME Life

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपे ले दियो साथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडले साथ दिएको छ ।

यस अभियान अन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ । भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा रू १ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।

Prabhu
Crest

सम्झौतापछि एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले यस विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाँउदा खुशी व्यक्त गरे ।

नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS