काठमाडौं । क्रियाशिल दलित पत्रकार संघ, नेपाल (आड्जोन) ले दलित पत्रकारहरुको कोरोना बीमा गरेको छ ।आड्जोनले संस्थामा आवद्ध दलित पत्रकारहरूको कोरोना बीमा हिमालयन जनरल इन्स्योरेन्स मार्फत गराएको हो ।
संघले प्रतिव्यक्ति ५० हजार बीमांकको दरमा ६२ जनाको बीमा गरेको हो । कोरोनाको बढ्दो जोखिम र कोरोना संक्रमणपछि दलित पत्रकारहरुको सुरक्षाको लागि उक्त बीमा गराएको संघले जनाएको छ ।
पहिलो चरणमा काठमाडौं सहित बिभिन्न जिल्लामा कार्यरत ६२ जना दलित पत्रकारहरुको कोरोना बीमा गरिसकेको र बाँकी रहेका संघमा आवद्ध अन्य पत्रकारहरुको दोस्रो चरणमा थप बीमा समेत गर्ने आड्जोनले जनाएको छ ।