Connect IPS
IME Life

१७.५ प्रतिशत लाभांश वितरण गर्ने नेशनल लाईफको घोषणा, बीमा समिति पुग्यो वित्तीय विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०७५।०७६ को सञ्चालन मुनाफाबाट १७.५ प्रतिशत कूल लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सो लाभांश सम्बन्धी प्रस्ताव गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकबाट पास गरी बीमा समिति समक्ष पेश गर्ने निर्णय गरेको हो । कम्पनीले बीमाङ्कीय मूल्याङ्कनपछि अन्तिम वित्तीय विवरण स्वीकृतिको लागि बीमा समितिमा पेश गरेको जनाएको छ ।

कम्पनीले आगामी साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने गरी १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ । तीन अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीले ४६ करोड २३ लाख ९३ हजार ९८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ भने बोनस शेयरमा लाग्ने कर नगद लाभांशबाटै कट्टा गर्ने जनाएको छ । बोनश शेयर पछि कूल चुक्ता पुँजि तीन अर्ब १५ करोड ९६ लाख ९२ हजार ६५७ पुग्नेछ । यही साउन ३० गते सम्पन्न कम्पनीको ४३६ औं सञ्चालक समितिको बैठक लाभांश वितरण सम्बन्धी निर्णय गरेको नेशनल लाईफ इन्स्योरेन्सले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS