Connect IPS
IME Life

समृद्ध बन्दै प्रभु लाईफ, बीमा शुल्क आर्जन १५५% ले बृद्धि, जीवन बीमा कोष २०५% बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स छोटो अवधीमा नै समृद्ध बन्दै गएको देखिएको छ । कम्पनीले सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा खुद बीमा शुल्क आर्जन १५५ प्रतिशतले बृद्धि भएको देखिएको छ भने जीवन बीमा कोष अर्बभन्दा माथि पुर्याउन सफल भएको छ ।

कम्पनीले गत आवको वित्तीय विवरण अनुसार खुद जीवन बीमा शुल्क एक अर्ब १५ करोड ९४ लाख ३५ हजार ५७५ रुपैयाँ रहेको छ । अघिल्लो आवमा ४५ करोड ३५ लाख ७८ हजार ९३४ रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।
त्यस्तै कम्पनीको जीवन बीमा कोष दुई गुणा भन्दा बढिले बृद्धि भएको छ । अघिल्लो आवमा ३४ करोड १३ लाख ६५ हजार २८१ रहेको कम्पनीको जीवन बीमा कोष यस वर्ष बृद्धि भएर एक अर्ब चार करोड ३६ लाख ७१२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले २०५.७१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जेगडा कोष र महाविपत्ति कोषको आकार समेत बृद्धि भएको छ । अघिल्लो वर्ष तीन वटै कोषको आकार जम्मा ४२ करोड ७४ लाख रहेकोमा समीक्षा अवधीमा एक अर्ब २० करोड भन्दा माथि पुर्याउन सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै कम्पनीको अघिल्लो आवको मुनाफा तीन करोड ८१ लाख रुपैयाँ रहेकोमा गत आवमा कम्पनीको मुनाफा सामान्य बृद्धि भई चार करोड ४४ लाख ९६ हजार ४४९ पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कन पश्चात मात्रै निर्धारण हुने हुँदा हाल प्रक्षेपित मुनाफामा संशोधन हुनेछ ।

कम्पनीले समीक्षा अवधीमा ८० लाख पाँच हजार ४०४ रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीको दावी गर्न बाँकी रकम ४१ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS