काठमाडौं । चौथो त्रैमासको अवधिमा सनराइज बैंकको नाफा घटेको छ । यस अवधिमा बैंकको नाफा १८ दशमलव ३५ प्रतिशतले घटेर एक अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको सोहि अवधिमा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष १ अर्ब ११ करोड ७७ लाख ४१ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार मसान्तसम्म आइपुग्दा ५२ लाख ९१ हजार २१ रुपैयाँमा सीमित भएको छ । बैंकको संचालन नाफा २२ दशमलव ६९ प्रतिशतले घटेर एक अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंक खराब कर्जा ० दशमलव ८२ प्रतिशतले बढेर १ दशमलव ८५ प्रतिशतले पुगेको छ । बैंकको नाफा घटेसँगै त्यसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानीमा परेको छ ।बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४१ पैसाले घटेर १५ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८६ पैसा रहेको छ ।