काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्ममा पाँच करोड ८१ लाख नाफा आर्जन गरेको छ , कम्पनीको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १० प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको गत आर्थिक बर्षको कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम बढी छुट्याउँदा नाफा घटेको देखिएको हो ।लघुवित्तको अघिल्लो आर्थिक बर्षकोे चौथो त्रैमासमा सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ४३ लाख रुपैयाँ छुट्याएकोमा गत आवको सोही अवधिमा ३ करोड ८२ लाख रुपैया्ँ छुट्याएको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याएको हुँदा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ ।
कम्पनीको चुक्तापूँजी २२ करोड ४३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १० करोड ६६ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९५ पैसार प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६० पैसा रहेको छ ।