Connect IPS
IME Life

सेन्चुरी बैंकको मुनाफा ३३ प्रतिशतले बढ्यो, अन्य बैंकको घट्दा सेन्चुरीको कसरी बढ्यो मुनाफा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मुनाफा ३३ प्रतिशतले बृद्धि भएको छ । अन्य ठूला कारोबार गर्ने बैंकहरुको मुनाफा घटिरहेको सन्दर्भमा सेन्चुरी बैंकको मुनाफा भने उल्लेख्य रुपमा बृद्धि भएको हा । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवमा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी खर्च घटेको, आम्दानी बढेका कारण बैंकको खुद नाफा पनि बढ्न पुगेको देखिएको छ । गत आवमा बैंकले २ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड ९९ लाख रुपैयाँ बढी हो । अन्य बैंकमा तरलता व्यवस्थापनमा समस्या परेको भएपनि सेन्चुरी बैंकको निक्षेप र तरलता अनुपात बढि भएको र बैंकमा जम्मा भएको सबै निक्षेप परिचालन भएकोले मुनाफा बृद्धि भएको हो ।

Prabhu
Crest

सेन्चुरी बैंकको प्रतिशेयर आम्दानी आठ रुपैयाँ ०४ पैसा रहेको छ । कूल चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ट अर्निङ्ग ६८ करोड २१ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात १.४० प्रतिशतबाट बढेर २.२१ पुगेको छ । यस्तै असार मसान्तमा बैंकको बेस रेट ९.३८ प्रतिशत र स्प्रेड रेट ३.३८ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS