काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. आवद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो ।
यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिने जनाईएको छ ।