काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको अवधिमा बीमशुल्क बढाएको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १४ दशमलव ३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० करोड ८६ लाख रुपैंयाबाट बढेर २६ करोड २७ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा बढेको देखिएको हो । जीवन बीमा कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थपघट हुन सक्नेछ ।
समिक्षा अवधिमा कम्पनीले ४ हजार २५४ वटा दाबी वापत ४९ करोड ५४ लाख रुपैंया भुक्तानी गरेको छ भने ५ लाख २ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पूँजीमा २ अर्ब १५ करोडरुपैंया रहेको भने जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ७ अर्ब ४२ करोड रुपैंया छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ४ पैसा रहेको छ ।