दोलखा । लक्ष्मी बैंकले दोलखामा दुईवटा एक्सटेन्सन काउन्टर संचालन गरेको छ । बैंकले छैटौं एक्स्टेन्सन काउण्टर दोलखाको तामाकोशी गाउँपालिका–३, जाफे र सातौं एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा संचालनमा ल्याएको जनाएको छ ।
बैंकको ४८ जिल्लामा १०१ शाखासहित चारवटा हस्पिटल सेवा काउण्टर पनि छन् । सो बैंकका १ सय ५१ एटीएम र २५ सयभन्दा बढी एजेन्ट तथा ६१ वटा शाखारहति बैंकिङ एजेन्ट पुगेका छन् ।