Connect IPS
IME Life

सिभिल लघुवित्तको यस्तो देखियो चौथो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्तले आर्थिक वर्ष २०७६ /७७ को वित्तीय विवरण प्रकानश गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८ दशमलव ४८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ६० लाख ४८ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत वर्ष १ करोड ४६ लाख ८६ हजार मात्र नाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १७ करोड ८० लाख ४१ हजार कायम भएको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ६८ प्रतिशत बढी ३ करोड ५२ लाख ४७ हजार पुगेको छ ।

Prabhu
Crest

सम्भावित जोखिम शिर्षकमा अघिल्लो वर्षभन्दा ३३ दशमलव ५२ प्रतिशत बढी रकम १ करोड २४ लाख ४३ हजार छुट्याउँदा उक्त कम्पनीको सञ्चालन नाफा गत वर्ष घटेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८३ करोड ३१ लाख ५५ हजार कर्जा सापटी लिएको उक्त कम्पनीले १ अर्ब ३० करोड २९ लाख ७७ हजार कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा कम्पनीले ४० करोड २३ लाख ६७ हजार निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा १ दशमलव ३४ प्रतिशत देखि बढेर २ दशमलव ५६ प्रतिशत पुगेको छ । कम्पनीको गत चौथो त्रैमाससम्म प्रतिशेयर आम्दानी १२ रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS