काठमाडौं । नबिल बैंकले आफ्ना लगानीकर्तालाई ५ वर्ष भन्दा पुरानो लाभांश बुझीलिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७०/७१ को नगद लाभांश कतिपय लगानीकर्ताले लिन बाँकि रहेकोले उक्त लाभांश लिन आउन आग्रह गरेको हो ।
लाभांश लिन बाँकि रहेका शेयरधनीले बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ । १ महिना भित्र लाभांश नलिए सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।