काठमाडौं । नेप्से १ दशमलव ५१ अंकले बढेर १४२५ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज १ सय ८८ कम्पनीको ३० लाख ३२ हजार ३ सय ११ कित्ता शेयर किनबेच हुँदा ९५ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
बैंकिङ्, होटल निर्जिवन बीमा, जीवन बीमा उत्पादनमूलक क्षेत्र र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा राताम्मे भएको छ । सबैभन्दा धेरै युनाईटेड इन्स्योरेन्सक कम्पनीको शेयरको ६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।
साधाना लघुवित्तका लगानीतकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् भने घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।
युनियन हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ४५ प्रतिशतका दरले गुमाएको छ भने आखुँखोला जलविधुत् कम्पनीको लगानीकर्ताले ५दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन्।