काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा तीन करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले घटेको हो ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँ रहेको छ। त्यस्तै बैंकको खुद ब्याज आम्दानी २१ करोड ९६ लाख रुपैयाँ रहेको छ ।चौथौ त्रैमासको वित्तीय विवरण अनुार बैंकको संचालन नाफा भने सात करोड ३२ लाख रुपैयाँबाट घटेर चार करोड ६४ लाख रुपैयाँमा खुम्चिएको छ । त्यस्तै बैंकको संचालन खर्च तीन करोड ३२ लाख रुपैयाँबाट घटेर ५ करोड ५५ लाख रुपैयाँमा सिमिति भएको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा भने घटेर १ दशमलव ६५ प्रतिशतमा झारेको छ।
बैंकको हालको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९५ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २८ पैसा रहेको छ ।