काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले गत आर्थिक वर्ष ०७६/०७७ मा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६० प्रतिशतले घटेको हो।
लघुवित्तले गत आर्थिक वर्षमा २ करोड ८६ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ५ करोड ३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ।
असार मसान्तसम्ममा १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सापटी र १ अर्ब ८ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३४ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तले १७ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
कम्पनीको खराब कर्जा ०।१८ प्रतिशतले बढेर २।०६ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५० पैसा छ ।