Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको नाफा ४२ करोडले घट्यो, खराव कर्जा बढ्दा वितरणयोग्य मुनाफा प्रभावित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको पुरानो बैंक मध्येको एक बैंक अफ काठमाण्डूको गत असार मसान्तसम्मको मुनाफा अघिल्लो वर्षको तुलनामा ४२ करोड रुपैयाँ घटेको छ । कोरोना भाइरसको महामारीको कारण चैत्र ११ गतेदेखि असार मसान्तसम्ममा ब्याज आम्दानीमा भएको उच्च गिरावटको कारण मुनाफा घटेको हो । गत तेस्रो त्रैमासम्ममा राम्रै रहेको बैंकको मुनाफा असार मसान्तसम्म आईपुग्दा २२ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०७५।०७६ को असार मसान्तसम्ममा एक अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधीको गत आवमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँमा सीमित हुन पुगेको आज प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । बैंकको मुनाफा घटेसँगै वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आवमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको बैंकले गत ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

Prabhu
Crest

बैंकको ब्याज आम्दानी १९ प्रतिशतले घटेर ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । सो बैंकमा सर्वसाधारणको ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप जम्मा छ भने बैंकबाट ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंक अफ काठमाडुको निष्क्रिय कर्जामा बृद्धि भएको छ । गत वर्ष १.५४ प्रतिशत रहेकोमा यस वर्ष बढेर २.३५ प्रतिशत पुगेको छ ।

बैंक अफ काठमाडौंको प्रतिशेयर आम्दानी घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ । अघिल्लो वर्ष २३ रुपैयाँ ५३ पैसा थियो । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १२.६९ गुणा छ भने प्रतिशेयर खुद सम्पत्ती मूल्य १६७ रुपैयाँ ४४ पैसा छ । सो बैंकको जगेडा कोषमा चार अर्ब ८० करोड रुपैयाँ संचित छ भने शेयरधनी कोषमा ९५ करोड रुपैयाँ जम्मा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS