काठमाडौं । केही दिनदेखि लगातार बढ्ने क्रममा रहेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै घटेको छ । रसियाले कोरोना भाइरसका विरुद्धमा भ्याक्सिन बनाएको घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।
कोरोना भाइरसको कारण विश्व बजारमा लगानीको दायरा साँघुरिएसँगै बहुमूल्य धातु सुनको माग उच्च हुन पुगेको थियो । जसका कारण सुनको मूल्य इतिहासकै नयाँ रेडर्क कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अगष्ट १० का दिन सबैभन्दा महंगो सुनको मूल्य कायम भएको छ । सो दिन प्रतिऔष २०२७.९० डलरमा खरिद बिक्री भएको सुनको मूल्य ३ दिनमै लगातार गिरावट आएर आज विहान यो समाचार तयार पार्दासम्म १८७८.३० मा कारोबार भइरहेको छ । सुनको मूल्यमा लगातार ओरालो लागेपछि लगानीकर्ताहरुले नाफा बुक गर्न सुन बिक्री गरिरहेको अनुमान गरिएको छ । आज विहानदेखि नै उच्च गिरावट आउँदै १८६६ मा झरेको सुनको मूल्य विस्तारै स्थीर हुने प्रयासमा देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नेपालमा पनि दुई दिनदेखि सुनको मूल्य लगातार घट्ने क्रममा रहेको छ ।