काठमान्डौ। नयाँ जीवन बीमा कम्पनीको मध्येको रिलायन्स लाइफ इन्स्याेरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै छ। आवेदन दिने अन्तिम समय भाद्र ८ गते सम्म रहेको छ। सो समयमा पनि सम्पूर्ण निस्काशन गरिएको कित्तामा आवेदन नपरेमा समय भाद्र २२ गते सम्म थपिने छ। विगतको ट्रेण्ड हेर्दा भाद्र ८ गते नै बन्द हुने सम्भावना धेरै छ ।
एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता साधारण शेयर निस्काशन गरेकोमा सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ६३ लाख कित्ता मध्य ५ प्रतिशत बाराबराको ३ लाख १५ हजार कित्ता म्युचुअल फण्डका लागि र अर्को ५ प्रतिशत बराबरको ३ लाख १५ हजार कित्ता शेयर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।
न्युनतम दश कित्तामा आवेदन दिन सकिने छ। मेरो शेयर र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ।
आईपीओ प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड पुग्ने छ।