Connect IPS
IME Life

आधारभूत रुपमा बलियो बन्दै एशियन लाईफ, ५०% ले बढ्यो जगेडा कोष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ। एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

एक वर्षको अवधिमा कम्पनीको व्यापारलाई मापन गर्ने सूचक खुद बीमा शुल्क आर्जन रकममा ८ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७को चौथो त्रैमासमा ४ अर्ब ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आर्थिक वर्ष ७५/७६को चौथो त्रैमासमा ४ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गर्न कम्पनी सफल भएको थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको नाफामा उल्लेखनीय सुधार आएको देखिन्छ । खुद नाफा ७८ प्रतिशतले वृद्धि हुँदै १८ करोड १८ लाख पुगेको छ।

२ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा समिक्षा अवधिमा ५० प्रतिशतको वृद्धि देखिएको छ ।  त्यस्तै जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको महत्त्व निकै धेरै हुने भएकोमा एशियन लाईफको जीवन बीमा कोष २७ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ६१ करोड पुगेको छ।

आर्थिक वर्ष ७६/७७मा कम्पनीले ५२ करोड ५ लाख खुद दावी भुक्तानी गरेको र  २ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रहेको छ ।

कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ९ रुपैयाँ ४ पैसा छ । प्रति शेयर आम्दानीमा पनि निकै राम्रो सुधार देखिएको छ । कम्पनीको किताबी मूल्य ८ प्रतिशतले वृद्धि हुँदै १३० रुपैयाँ २५ पैसा रहेको छ।

जीवन बीमा कम्पनीहरुको हकमा एक्चुअरी मुल्यांकन पश्चात मात्र कम्पनीको वास्तविक मुनाफा देखिन्छ। 

नोट : बजार मूल्य लिंदा तत्कालको बजार मूल्य लगिएको हो र त्यही बजार मूल्यको आधारमा मूल्य आम्दानी अनुपात  निकालिएको। 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS