Connect IPS
IME Life

आईपिओ निष्काशन गर्न सिटिजन लाईफ र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईपिओ निष्काशन लगायतका शेयर सम्बन्धी कारोबार गर्न सिटिजन लाईफ इन्स्योरेन्सले बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड बराबरको १०० दरका ७५ लाख कित्ता सार्वजनिक शेयर सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।

दुई कम्पनीबीच आज सम्झौता भएको हो । सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । अधिकृत तीन अर्ब रहेको रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट एक अर्ब ७५ करोड चुक्ता भईसकेको र सर्वसाधारणका लागि छुट्टाईएको रकम ७५ करोड रुपैयाँको प्राथमिक शेयर जारी गर्ने प्रक्रिया अघि बढाउन सम्झौता गरेको हो ।

Prabhu
Crest

यसरी प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको यस आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो १६४% बृद्धि गरेको छ भने कुल बीमा शुल्क आर्जनमा ६९% प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS