काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चौथौ त्रैमासको अवधिमा दुई करोड १३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकले एक करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ८२ प्रतिशतले धेरै हो ।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ८८ प्रतिशत र संचालन नाफा ८२ प्रतिशतले बढेको छ । बैंकले असार मसान्तसम्ममा ८ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यस्तै समिक्षा अवधिमा संचालन नाफा पनि एक करोड ६२ लाख रुपैयाँबाट बढाएर तीन करोड ४ लाख ३३ हजार पुर्याएको छ । साथै बैंकले एक अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ करोड ७६ लाख रुपैयाँ रहेको छ ।