काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओ आज विहान बाँडफाँड भएको छ । उक्त कम्पनीको आईपीओ ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन् भने ९७ हजार ३४४ जना आवेदकको हात खाली भएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर विक्री नभएपछि उक्त शेयरसमेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो ।
आइपीओ रिजल्ट हेर्नलाई यो लिंकमालिंकमा क्लिक गर्नुहोस्