Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ती गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्था लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

यसअघि स्वेडा लघुवित्तलाई प्राप्ती गरी एकिकृत कारोवार सञ्चालन गरीसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ती गरेपश्चात समायोजित चूक्ता पूँजी ३९ करोड ९८ लाख ७२ हजार ६४१.५० हुने जनाएको छ । त्यस्तै, शाखा संख्या जम्मा १०८ हुने समेत संस्थाले जानकारी दिएको छ ।

Prabhu
Crest

संस्थाले मर्जरलाई प्रभावकारी वनाउन थप मर्जर तथा एक्विजिशन कार्यलाई प्राथमिकतामा राखी अन्य उपयुक्त लघुवित्त संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रयास गरेको लघुपवत्तले जानकारी दिएको छ । साथै, आवश्यक प्रक्रिया पुरा गरि एक महिना भित्र एकिकृत कारोबार समेत सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

नेपालको पूर्वक्षेत्रका जिल्लाहरुमा नागबेलीको कारोवार सञ्चालन छ भने मध्य, पश्चिम र सुदूर पश्चिम क्षेत्रमा मिर्मिरेको शाखा सञ्जाल छ । शाखा कार्यालय नभएका जिल्लाहरुमा शाखा स्थापना गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ सोही बमोजिम शाखा विस्तार गर्ने कार्य भईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS