काठमाडौं । साताको दोस्रो दिन नेप्से ३७ दशमलव ७४ अंकले बढेर १४३० दशमलव ४१ को विन्दुमा कायम भएको छ ।आज १ सय ८९ कम्पनीको ४२ लाख ५२ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयरको १२ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको १२ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।
साधना लघुवित्तका लगानीतकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।
दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएको छ भने ग्लोबल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन्।