Connect IPS
IME Life

सामुदायिक लघुवित्तको कस्तो रह्यो चौथो त्रैमास?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७६/७७ मा खुद नाफा घटेको विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९८ लाख ३३ हजार रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Prabhu
Crest

१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको सञ्चालन मुनाफा उच्चदरले घटेको छ ।

लघुवित्तको खराब कर्जा १ दशमलव ४५ प्रतिशतबाट बढेर ३ दशमलव ५८ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २३ पैसा कायम भएको छ लघुवित्तको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ९९ पैसा छ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ४३ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन तथा ५६ करोड २० लाख रुपैयाँ सापटीबाट १ अर्ब १० करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS