काठमाडौं । नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य भएको छ । उक्त कम्पनीले उक्त बोनस वापतको शेयर साउन २५ गते आइतवार धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएसँगै सोमवारदेखि कारोबार योग्य भएको हो ।
कम्पनीले बोनस वापतको १ लाख ६८ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराएको हो ।
कम्पनीले गत पुस १९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।