काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक समूहको शेयर भदौ १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । बैंकले ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन भदौ ८ गते रहेको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने जनाएको छ ।
आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १५६ कित्ताको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।