Connect IPS
IME Life

सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा

SPIL
NIC ASIA new
Sanima Reliance

गुल्मी । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मालिका गाउँपालिका अध्यक्ष  रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उद्घाटन गरे ।

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे कार्यक्रम संचालन गरियो ।

Prabhu
Crest

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS