काठमान्डौ। आज अजोड इन्स्योरेन्सको सर्वाधिक ९ करोड २१ लाख बराबरको शेयर कारोवार भएको छ । नेप्सेमा आज कारोवार भएका कम्पनीहरु मध्य अजोड इन्स्योरेन्सको सर्वाधिक शेयर कारोवार भएको हो ।
अजोड इन्स्योरेन्सको बजार मूल्य ९ दशमलव ८८ प्रतिशतले वृद्धि हुँदै बजार मूल्य ४६७ मा बन्द भएको छ। अजोड इन्स्योरेन्सको आज बजार मूल्य ४२ रुपैयाँले वृद्धि भएको हो।
सुरुवाती चरणमा केही बिक्री कर्ता हावी भएको जस्तो देखिए पनि विस्तारै खरिदकर्ताहरु नै हावी भएका थिए । नेप्सेको आधिकारिक वेवसाईटमा रहेको तथ्यांकलाई आधार मान्दा ११:४५ देखि कम्पनीको बजार मूल्य माथिल्लो सर्किट लेभलमा बसेको र मूल्य घट्न नमानेको देखिन्छ । सुरुवाती २५ मिनेटमा केही बिक्रीकर्ता हावी भएको देखिए पनि त्यसपछि भने खरीदकर्तानै हावी भएका थिए ।