IME Life
GBIME

दाङको घोराहीमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

SPIL
NIC ASIA new
NLIC

दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४० औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

Crest

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

हालसम्म बैंकले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS