Connect IPS
IME Life

मेट लाईफ फाउन्डेशन र प्लान इन्टरनेशनलद्वारा कोरोना पीडितलाई ४४ हजार डलर सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । मेट लाईफ फाउन्डेशन र प्लान इन्टरनेशनलले संयुक्त रुपमा कोभिड १९ बाट प्रभावित नेपालीहरुलाई ५२ लाख रुपैयाँ सहयोग गरेको छ । मेट लाईफ फाउन्डेशनले प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदे वाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउ विजन तथा मलखाद लगायत परम्परागत कृषि उपकरण प्रदान गरी निजहरुलाई सहयोग पु-याउने लक्ष्यका साथ सहयोग गरेको जनाएको छ ।

मेट लाइफ फाउन्डेसनले प्लान नेपालसँग मिलेर ४४,००० अमेरिकी डलर आर्थिक सहयोग गरेको हो । प्लान नेपालले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपुर्तिको सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्ने कार्य जारी राख्ने जनाइएको छ ।

Prabhu
Crest

मेट लाइफ फाउन्डेशन नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बक्तव्यमार्फत भनेका छन्, ‘कोभिड १९ का कारण हुन गएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएका छन् । यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्यून आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

हाम्रो समाजका अत्याधिक जोखिममा रहेका समुहलाईसहयोग गर्ने र यस्तो संकटको घडीमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमाप्लान नेपाललाई मेटलाइफ फाउन्डेसनले सहयोग गरेको देख्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS