काठमाडौं । सिद्धार्थ सामूहिक लगानी कोषले सञ्चालन गरेका २ वटा योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई वितरण गर्ने नगद लाभाश घोषणा गरेका छन् । जसमा सिद्धार्थ इक्विटी फण्डले ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ५ प्रतिशत (कर सहित) वितरण गर्ने जनाएको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई यो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सिद्धार्थ इक्विटी फण्डले ११ करोड २५ लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछन् ।