Connect IPS
IME Life

एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प बीच यस बैंकलाई फाइनान्स पार्टनर बनाउने समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा सिजीका महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरे ।

Prabhu
Crest

उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्पले यस बैंकलाई फाइनान्स पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्पका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८ दशमलव २५ प्रतिशत ब्याजदर तथा ०।२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहक महानुभावहरूले खरिद गर्न सकिन्छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकहरूले लिन सक्नेछन् ।

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यो सुविधा सिजी मोटोकर्पका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने समझदारी पत्रमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८।२५ प्रतिशत वा बेसरेट ८।२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS