काठमाडौं । नागरिक लगानी कोषले शेयर कारोबार गर्नका लागि दलाल व्यवसायीहरुबाट आवेदन माग गरेको छ । कोषले आर्थिक वर्ष ७७/७८ को लागि ब्रोक्ररेज सेवा आवश्यक परेकोले कम्तिमा ५ वर्षको अनुभव आर्थिक वर्षको कारोबार विबरण, पछिल्लो ३ आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन लगायतका कागजात सहित इच्छुक ब्रोकरलाई आवेदन दिन आह्वान गरेको हो ।
तोकिएको मापदण्ड पुरा गरेका ब्रोकरले आर्थिक वर्ष २०७५/०७६ को कर चुक्ता प्रमाणपत्र सहित २०७७ साउन २९ गते भित्र नागरिक लगानी कोषमा आवेदन दिइ सक्नुपर्ने जनाएको छ ।