काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १० वर्ष वा सो भन्दा अगाडीदेखि कारोबार नभएका बैंक खाता अद्यावधिक गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । बैंकले कारोबार नभएका र हकपदाबी नपरेका निक्षेप खाताहरु हकदाबी गर्न वा अध्यावधिक गर्न आग्रह गरेको हो ।
त्यस्तै बैंकले लाभांश लिन बाँकि रहेका शेयरधनीलाई लाभांश लिन आउन समेत आग्रह गरेको छ । बैंकले अद्यावधिक नगरिएको खाताको विवरण र लाभांश लिन बाँकि रहेका शेयरधनीको विवरण वेबसाइटमा हेर्न सकिने बैंकले बताएको छ ।