Connect IPS
IME Life

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १९ गतेबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको प्रभु बैंक डिबेन्चर २०८४ जारी गरेको हो। कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ।

Prabhu
Crest

बैंकको ऋणपत्रमा साउन १९ गतेबाट छिटोमा साउन २३ र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड छ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS