Connect IPS
IME Life

राष्ट्रिय सहकारी बैंकको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७६ /७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३६ दशमलव ६९ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष बैंकले ४९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २० दशमलव १० प्रतिशत र ३४ दशमलव ९० प्रतिशतले बृद्धि गरेको छ ।

Prabhu
Crest

चुक्ता पुँजी २ अर्ब २२ करोड ३८ लाख रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४ करोड ५० लाख रुपैयाँ छ ।

अघिल्लो वर्ष ९२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले अहिले बढाएर १ अर्ब १० करोड पुर्याएको छ । सञ्चालन नाफा पनि ३३ करोड रुपैयाँबाट बढाएर ४६ करोड ६१ लाख पुगेको छ ।

बैंकले खराब कर्जा घटाएर ० दशमलव ७० प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष खराब कर्जा १ दशमलव ३४ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS