Connect IPS
IME Life

अख्तियारका थप २२ जनामा कोरोना, सर्वोच्च अदालतका एक जनामा कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौं कोरोना भाइरसको महामारीले भयावह अवस्थातर्फ अघि बढेको छ । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उता, सर्वोच्च अदालतमा बुधबार एक जनामा कोरोना भाइरस पुष्टि भएपछि हिजोदेखि सर्वोच्च अदालतको काम प्रभावित भएको छ ।

राजधानी काठमाडौंमा कोरोना भाइरसको संक्रमण छताछुल्ला भएको भन्दै विज्ञहरुले चिन्ता जनाइरहेकै बेला आज अख्तियारमा थप संक्रमण भेटिएको हो । राजधानीको हटस्पट मानिएको प्रहरी प्रधान कार्यालय नजिकै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै अख्तियारको काम कारवाही समेत प्रभावित भएको छ । मंगलबार १५ जनामा कोरोना भाइरस पुष्टि भएको अख्तियारमा सबै कर्मचारीको कोरोना भाइरस परिक्षण गर्दा थप २२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Prabhu
Crest

उता, सर्वोच्च अदालतमा पहिलो कोरोना केस भेटिएपछि हिजो दिनभर त्यहाँ आतंक मच्चिएको थियो । मंगलबार १८० जनाको स्वाव संकलन गरी परिक्षण गर्दा जगेडा पुलमा रहेका सवारी चालकमा कोरोना भाइरस पुष्टि भएको सर्वोच्च अदालतले जनाएको छ । हाल सर्वोच्च अदालत अघोषित रुपमा सिल गरिएको छ । एक अधिवक्ताले दिएको जानकारी अनुसार हिजोदेखि नै सर्वोच्च अदालत प्रवेशमा कडाई गरिएको छ । सर्वोच्च अदालतका प्रबक्ता भद्रकाली पोखरेलले हिजै एक बक्तव्य प्रकाशित गरी एक जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS