काठमाडौं । कोरोना संक्रमति ह्वात्तै बढेपछि सरकारले आजदेखि राजधानी काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा सवारी साधन जोर बिजोर प्रणालीबाट सञ्चालन हुने व्यवस्था लागू गरेकोछ ।
गृहमन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको जनाउँदै कोभिडबाट सुरक्षित राख्न् राति ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न समेत प्रतिबन्ध लगाएको छ । मन्त्रलयका अनुसार अब रातिको समयमा हिडडुल गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले आजदेखि जोर गतेका दिन जोर बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने जनाएको छ । महाशाखाले मोटरसाइकल, निजि सवारी तथा सार्वजनिक सवारीमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम प्रसाद ढकालले बैंक, वित्तीय संस्थाको कर्र्मचारीको परिचय पत्रको आधारमा समेत छुट नहुने जनाएका छन् । साथै उनले पावर र भनसुनका आधारमा समेत कुनै छुट नदिइने प्रष्ट पारेका छन् ।