काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेणको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । साउन १६ गते देखि सर्वसाधारणका लागि बिक्रि खुल्ला गरेको कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १ सय ८३ कित्ता आईपीओ विक्री खुला गरेको हो।
सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्ये १ लाख ६९ हजार ९ सय २ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द हुन लागेको हो । उक्त कम्पनीको चुक्तापूँजी ३३ करोड ९८ लाख रुपैयाँ रहेको छ । आईपीओ विक्री पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ।