काठमाडौं । साताको तेस्रो दिन दिन नेप्से ७ दशमलव ५९ अंकले बढेर १४०३ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।
हाईड्रोपावर, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य सबै उपसूचकमा हरीयाली आएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको प्रमोट शेयरको ३४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १० करोड माथिको कारोबार भएको छ ।
अजोड इन्स्योरेन्सका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
दिव्यशोवरी हाईडोपावरका लगानीकर्ताले ६ दशमलव ९० प्रतिशतका दरले गुमाएको छ भने युनियन हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन्।